साधारणसभा
शेयर बजार
कालिञ्चोक दर्शनले डाक्यो एजीएम, शतप्रतिशत हकप्रद जारी पनि एजेण्डा
December 7th 2025
0
4 views
0 shares
नेपाली शेयर न्यूज/ कालिञ्चोक दर्शन लिमिटेडले आगामी पुस १५ गते ११ औँ वार्षिक साधारण सभा बोलाएको छ। मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको गौशालास्थित बद्रीनाथ होटलमा बिहान ११:३० बजेदेखि सभा संचालन गर्ने निर्णय गरेको हो।
सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश सहित कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ।
पूँजीवृद्धि तथा बोनस सेयर वितरणपछि कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, र सञ्चालक समितिले गरेका विभिन्न निर्णयहरूलाई अनुमोदन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ।
त्यस्तै, अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरू मात्र लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा















