Insurance
साधारणसभा
Sub Index
शेयर बजार
१००% हकप्रद प्रमुख एजेण्डासहित गार्डियन माइक्रो लाइफले डाक्यो वार्षिक साधारणसभा
December 8th 2025
0
10 views
0 shares

नेपाली शेयर न्यूज/ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आगामी पुस १४ गते मोरङ, विराटनगरस्थित होटल एयरपोर्टमा आयोजना गर्ने भएको हो । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले बिहान ११ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको छ । सभामा हाल कायम ७५ करोड रुपैयाँ चुक्तापुँजीको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ।
साथै, आवश्यक परे अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने अर्को प्रस्ताव पनि अनुमोदन गरिने कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको नियुक्ति (निर्वाचन) गर्ने प्रस्ताव सभामा पारित गरिनेछ। गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा














