The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
भुजुङ हाइड्रोपावरको आईपीओ निष्काशन पुस ३ गतेदेखि | Nepali Share News
लगानी अवसर
HydroPower
Sub Index
शेयर बजार
भुजुङ हाइड्रोपावरको आईपीओ निष्काशन पुस ३ गतेदेखि
December 9th 2025
0
10 views
0 shares
नेपाली शेयर न्यूज । लमजुङमा रहेको भुजुङ हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशनको मिति तय गरेको छ । पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ ल्याउन लागेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशतबराबर २० लाख कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० लाख कित्ता (१० करोड रुपैयाँ) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । स्थानीय बासिन्दाका लागि राखिएको शेयरमध्ये ६० प्रतिशत (६ लाख कित्ता) प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङको क्व्होलासोथार गाउँपालिका–४ का बासिन्दामा र ४० प्रतिशत (४ लाख कित्ता) अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात् वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दामा वितरण हुनेछ ।
यसका साथै सर्वसाधारणका लागि छुट्याएको शेयरको १० प्रतिशत बराबर १ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका र श्रम स्वीकृति प्राप्त नेपालीहरूका लागि निष्कासन गरिनेछ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । प्रभावित क्षेत्रका बासिन्दाका लागि आवेदन छिटोमा पुस १७ र ढिलोमा माघ २ मा बन्द हुनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन छिटोमा पुस ७ र ढिलोमा पुस १७ मा बन्द हुनेछ।
आईपीओ रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ। भुजुङ्ग हाइड्रोपावरले सञ्चालन गरेको ७.५ मेगावाटको माथिल्लो मिदिम जलविद्युत् आयोजना को कुल लागत १ अर्ब ८० करोड ५८ लाख रुपैयाँभन्दा बढी रहेको छ । प्रतिमेगावाट लागत करिब २४ करोड ९० लाख रुपैयाँ पर्छ। आयोजनाको विद्युत् अनुमतिपत्रमा ३० वर्ष बाँकी छ।
आयोजनाबाट कम्पनीले २०७८ बैशाख ६ गतेदेखि विद्युत उत्पादन सुरु गरेको हो। साधारण लगानी फिर्ता हुने अवधि ९.६५ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १६.०९ वर्ष रहेको छ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। प्रभावित क्षेत्रका बासिन्दाले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, गाउँपालिका कार्यालय र लमजुङ र काठमाडौंस्थित विभिन्न बैंक तथा कम्पनीका कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।