The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
अब नेटवर्थको २० प्रतिशतसम्म कर्जा पाउनेः यस्तो छ मार्जिन कारोबारको नयाँ निर्देशन | Nepali Share News
Nepse
Sub Index
शेयर बजार
अब नेटवर्थको २० प्रतिशतसम्म कर्जा पाउनेः यस्तो छ मार्जिन कारोबारको नयाँ निर्देशन
November 25th 2025
0
217 views
0 shares
काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको सुविधा शतप्रतिशतले वृद्धि गर्ने भएको छ। बोर्डले सेयर धितो राखेर नेटवर्थको २० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गर्दै ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०८२’को मस्यौदा तयार गरेको हो।
धितोपत्र दलाल व्यवसायीहरु (ब्रोकर)ले लगानीकर्तालाई उपलब्ध गराउने मार्जिन कारोबार सुविधासम्बन्धी नयाँ व्यवस्था गर्दै सरोकारवाला पक्षसँग आवश्यक राय सुझाव माग गरेको छ। हालसम्म कार्यान्यवनमा रहेको मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४ लाई समयसापेक्ष बनाउने भन्दै बोर्ड दर्जन बढी बुँदाहरु संशोधन गर्दै नयाँ निर्देशनको मस्यौदा तयार गरेको हो।
पुरानो व्यवस्थाअनुसार ब्रोकरहरुलाई कुनै पनि कम्पनीको सेयर धितो राखेर एक घर परिवार (सिंगल अप्लिगर लिमिट) मार्जिन सुविधा प्रदान गर्दा उक्त कम्पनीको कायम नेटवर्थको बढीमा १० प्रतिशतमात्रै दिन सक्छन्। तर, नयाँ व्यवस्थामा यस्तो सीमा २० प्रतिशत गरिएको छ।
यस्तै, यस्तो सुविधा लिन १० हजार सेयरधनी हुनुपर्ने पुरानो शर्त हटाई नयाँमा कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा बढी र लाभांश निरन्तरता (३ वर्षमा २ वर्ष लाभांश वितरण)लाई प्रमुख आधार बनाइएको छ।
साथै, कम्तीमा ५० लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण भएको कम्पनी मात्र मार्जिकन कारोबार सुविधाका लागि योग्य हुने व्यवस्था गरिएको छ। पुरानो निर्देशनमा १२० दिनको औसत मूल्यलाई आधार मानिन्थ्यो। तर, नयाँ मस्यौदामा १८० दिनको औसत मूल्यलाई आधार मान्ने व्यवस्था गरिएको छ। जसले अल्पकालीन मूल्यको उतारचढावबाट हुने जोखिमलाई कम गर्छ। यस्तो मार्जिन सुविधा उपलब्ध गराउने ब्रोकर कम्पनीको चुक्ता पुँजी भने अनिवार्य २० करोड रुपैयाँ गरिएको छ।