Sub Index
शेयर शिक्षा
Daily Market Update
बजारमा करेक्सन जारीः अबको डिमाण्ड जोन कता ?(प्राविधिक विश्लेषणसहित)
December 3rd 2025
0
95 views
0 shares

नेपाली शेयर न्यूज । साताको कारोबारको अन्तिम दिन(बिहीबार सार्वजनिक बिदा)बुधबार शेयर बजार १३.५२ अंकले घटेर २६३१ अंकमा पुगेको छ । योसँगै लगातार चौथो कारोबार दिन बजार ओरालो लागेको हो ।
अघिल्लो साता शेयर बजारमा हरियाली छाएपनि यो साता भने कारोबारको पहिलो दिनदेखि नै बजारमा निरन्तर करेक्सन आइरहेको छ । सूचक घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ । आज ७४ कम्पनीको मूल्य बढ्दा १७७ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
उद्योग समूहतर्फ फाइनान्स समूह सबैभन्दा धेरै १.५९ प्रतिशतले बढ्यो। फाइनान्ससँगै होटल तथा पर्यटन ०.५२ र उत्पादन तथा प्रशोधन समूह ०.२४ प्रतिशतले बढेका छन्। त्यसैगरी जीवन बीमा समूह १.१८ प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लाग्यो। बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार समूहमा पनि सामान्य गिरावट देखियो। बुधबार पाँच कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ। सागर डिस्टिलरी, मिथिला लघुवित्त, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको मूल्य सर्किट लेभलमा पुगेका हुन्।
त्यसैगरी ओम मेगाश्री फर्मास्युटिकल्स, बुङ्गल हाइड्रोपावर, हिमस्टार उर्जा, बन्दीपुर केबुलकार र माबिलुङ इनर्जीको मूल्य पनि उल्लेख्य वृद्धि भएको छ। सामलिङ पावरको मूल्य २.८५ प्रतिशतले घट्दै आज सबैभन्दा धेरै घट्ने कम्पनीमा प¥यो।
अबको डिमाण्ड जोन कता ?
शेयर बजारमा पछिल्लो पटक आएको गिरावटलाई सामान्य टेक्निकल करेक्सनका रूपमा लिन सकिन्छ । बजारले पछिल्लो समय मुभिङ एभरेज च्यानल ब्रेक गरेपछि सूचकले तल्लो ट्रेन्डलाइनलाई परीक्षण गर्ने सम्भावना रहेको अनुमान गरिएको थियो । हाल बजारको चाल त्यही पूर्वानुमान अनुसारको प्याटर्नमा भइरहेको छ ।
बजारको नजिकको डिमाण्ड जोन मंगलबारको ट्रेन्डलाइनकै क्षेत्रमा रहेको छ । सूचकले सुरुमा दिएको वाइ सिग्नल पछिल्लो चरणसम्म कायम रहँदै आएको र बजार हाइयर–हाई र हाइयर–लो को संरचनामा छ । समग्रमा बजारको ट्रेन्ड बिग्रिएको छैन । हालको करेक्सनलाई बियरिस संकेतका रूपमा नबुझि सकारात्मक ट्रेन्डनै कायम रहेको देख्न सकिन्छ । एक घण्टाको मुभिङ एभरेज च्यानल ब्रेकपछि ट्रेन्डलाइनलाई पुनः भिजिट गर्ने सम्भावना बढेको मात्र हो, बजारमा कुनै गम्भीर नकारात्मक परिवर्तन भने आएको छैन ।
बुधबार टप टेन ब्रोकरमध्ये कसले कति कारोबार गरे ?
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा














