Micro Finance
Sub Index
धितो कर्जाको सीमा वृद्धि, लघुवित्तका शेयरमा सकारात्मक आउन सक्ने
December 3rd 2025
0
69 views
0 shares

नेपाली शेयर न्यूज । नेपाल राष्ट्र बैंकले लघुवित्तबाट धितो कर्जाको सीमा १५ लाखसम्म बढाएको छ । राष्ट्र बैंकको मौद्रिक नीतिको त्रैमासिक समीक्षाले व्यवस्था गरेको निर्णय कार्यान्वयनमा आएको हो । यो व्यवस्था लागु भएसँगै साना उद्यम, कृषि तथा व्यावसायिक क्षेत्रमा लगानीको अवसर बढ्ने अपेक्षा राखिएको छ।
यसले आर्थिक गतिविधि विस्तार, उत्पादन र रोजगारीमा योगदान पुर्याए अर्थतन्त्रको समग्र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्छ, जसको मनोवैज्ञानिक फाइदा अन्ततः सेयर बजारले पनि पाउन सक्छ । लघुवित्त सम्वन्धित कम्पनीहरूको सेयरमा सकारात्मक भावना बन्ने सम्भावना हुन्छ । किनकि कर्जा विस्तारसँगै व्यवसायिक आम्दानी बढ्ने आशा गरिन्छ। तर, यसका साथै कर्जा विस्तारले जोखिम पनि बढाउँछ। कर्जाको गुणस्तर कमजोर भयो वा डिफल्ट बढ्यो भने, उल्टै यी कम्पनीहरूका सेयरमा दबाब पर्न पनि सक्छ।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा














