शेयर शिक्षा
शेयर बजार
Daily Market Update
बजार २५८० देखि २६०० को डिमाण्ड जोनको नजिक(विश्लेषणसहित)
December 7th 2025
0
3 views
0 shares

नेपाली शेयर न्यूज । साताको पहिलो दिन आइतबार शेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २३.५० अंकले घटेर २६०७ अंकमा आइपुगेको हो । योसहित लगातार पाँच कारोबार दिन बजार ओरालोमा रह्यो । आइतबार कारोबार सुरु हुँदा बिहान ११ः०९ बजे नेप्से २६३६ अंकमा पुगेको थियो, तर त्यसपछि निरन्तर घट्दै गएको छ ।
आइतबार ४६ कम्पनीको मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहको छ । कारोबार रकम अघिल्लो दिनको ५ अर्ब २३ करोडको तुलनामा १० करोड बढी, ५ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।
क्षेत्रगत सूचक सबै ओरालोमा छन् । बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल तथा पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ र व्यापार १.२१ प्रतिशतले घटेका छन् ।
प्राविधिक विश्लेषण
यसअघि नै हामीले गत बुधबार बजारको प्राविधिक विश्लेषणसहित प्रेडिक्सन गरेका थियौं, सोही अनुसार नै अहिले बजार गइरहेको छ ।
हेर्नुहोस्
बजारमा करेक्सन जारीः अबको डिमाण्ड जोन कता ?(प्राविधिक विश्लेषणसहित) | Nepali Share News
नेप्से झिनो अंकले ओरालोः यस्तो छ प्राविधिक विश्लेषण | Nepali Share News
बजार अहिले २५८०–२६०० डिमाण्ड जोनमा पुगेको छ । हामीले अघिल्लो डेली मार्केट अपडेटमा एक घण्टाको मुभिङ एभरेज च्यानल ब्रेकको चार्ट प्रस्तुत गरेका थियौं । अहिले बजार त्यही अनुसार नै अघि बढिरहेको छ। बजारले एक घण्टाको मुभिङ एभरेज च्यानल ब्रेक गरेपछि २५८०–२६०० को डिमाण्ड जोनमा पुग्ने सम्भावना बढी रहेको थियो र अहिले त्यो पूर्वानुमान सही साबित भएको छ । प्राविधिक रूपमा, डिमाण्ड जोनमा पुगेपछि रिभर्सल क्यान्डलस्टिक प्याटर्न देखा पर्न सक्छ, जसले बजारले फर्किने लय समात्न सक्ने संकेत दिन्छ ।
डिमाण्ड जोनमा पुगेपछि रिभर्सल क्यान्डलस्टिक प्याटर्नको पुष्टि भएपछि मात्र कुनै पनि इन्ट्री वा लगानी गर्ने निर्णय लिनु उपयुक्त हुन्छ । बजार २५८०–२६०० डिमाण्ड जोनतिर आइपुगेको छ । प्राविधिक सेटअप अनुसार, यो जोन अब बुलिश गतिविधिको लागि तयार रहेको छ र रिभर्सल प्याटर्नको पुष्टि भएपछि बजारको उकालोको सम्भावना बढ्ने देखिन्छ ।
आइतबार बढी कारोबार गर्ने टप टेन ब्रोकरहरु
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा














