लगानी अवसर
शेयर बजार
१८ कम्पनीको आईपीओ स्वीकृतिको अन्तिम चरणमा(सूचीसहित)
December 5th 2025
0
1228 views
1 shares

नेपाली शेयर न्यूज/ विभिन्न सेक्टरका १८ कम्पनीहरू हाल धितोपत्र बोर्डबाट आईपीओ स्वीकृतिको अन्तिम चरणमा रहेका छन् । स्वीकृति प्रक्रिया पूरा भएपछि यी कम्पनीहरूले सर्वसाधारणका लागि शेयर जारी गर्नेछन्।
बोर्डका अनुसार वित्त, उत्पादन, ऊर्जा, इन्स्योरेन्स, पर्यटन र सेवा क्षेत्रका कम्पनीहरूले आईपीओ अनुमोदनका लागि कागजात बुझाइसकेका छन्। कागजात मूल्यांकन, टिप्पणी तथा आवश्यक परिमार्जनको प्रक्रियापछि अन्तिम स्वीकृति प्रदान गरिने छ ।
त्यसमध्ये आईएमई रेमिटेन्स एण्ड पेमेंट्स लिमिटेडको आईपीओ पनि अन्तिम चरणको मूल्यांकनमा पुगेको बोर्ड स्रोतले जनाएको छ । कम्पनीले पूँजी संरचना तथा व्यवसाय विस्तारका लागि आईपीओ ल्याउने तयारी गरेको हो।
धितोपत्र बोर्डको स्वीकृतिको अन्तिम चरणमा अन्य कम्पनीहरुमा तानसेन सिमेन्ट इण्डष्ट्रीज, डिस मिडिया नेटवर्क लिमिटेड, सर्वोत्तम पेन्टस् इण्डष्ट्रीज, बरुण इन्भेष्टमेन्ट लिमिटेड, सिड इनर्जी लिमिटेड, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, होटल फरेष्ट इन लिमिटेड, टक्सार पिखुवा खोला, रिज लाइन इनर्जी लिमिटेड, कालिन्चोक हाइड्रोपावर लिमिटेड, लोअर इर्खुवा हाइड्रोपावर कम्पनी लिमिटेड, एपोलो हाइड्रोपावर लिमिटेड, शिखर पावर डेभलपमेन्ट लिमिटेड, सुपर खुदी हाइड्रोपावर लिमिटेड, स्नो रिभर्स लिमिटेड, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेड र माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड रहेका छन्। स्वीकृति प्रक्रिया पूरा भएपछि कम्पनीले इश्यू मेनेजरमार्फत शेयर निष्काशनको मिति, मूल्य तथा अन्य विवरण सार्वजनिक गर्नेछ।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा















