मुभिङ एभरेज ब्रेक आउटले बजार फर्किंने संकेत(विश्लेषणसहित)

Nepse

शेयर शिक्षा

शेयर बजार

Daily Market Update

मुभिङ एभरेज ब्रेक आउटले बजार फर्किंने संकेत(विश्लेषणसहित)

नेपाली शेयर न्यूज/ शेयर बजारमा बुधबार सामान्य गिरावट आएर बन्द भएको छ । नेप्से परिसूचक ७.८६ अंकले घटेर २६०६.२० को स्तरमा पुगेको छ । हाल बजार २५८०–२६०० को डिमाण्ड जोनमा आइ सपोर्ट पाएको देखिन्छ, जसले तीव्र गिरावटलाई रोक्ने काम गरेको छ ।


बुधबार ३ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा, १६९ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ । सबै सेक्टरका सूचक झरेका छन् । तर गिरावट दर सामान्यतया १ प्रतिशतभन्दा कम छ ।


बैंकिङ ०.०५%, विकास बैंक ०.२९%, फाइनान्स ०.५७%, होटल तथा पर्यटन ०.१३%, हाइड्रोपावर ०.६६%, लगानी ०.३२%, जीवन बीमा ०.२१%, उत्पादन तथा प्रशोधन ०.४२%, माइक्रोफाइनान्स ०.२९%, निर्जीवन बीमा ०.३५%, अन्य ०.३९% र व्यापार ०.०२% ले घटेको छ ।


प्राविधिक विश्लेषण

नेपाली शेयर बजार हाल २५८०–२६०० को डिमाण्ड जोनमा आइ सपोर्ट पाएको देखिन्छ । बजार लगातार घट्दै आएको अवस्थामा अहिले थोरै स्थिरता देखिएको छ । सोमबार बजार ३ अंकले घटेको थियो भने मंगलबार ७ अंकले बढेको र बुधबार ५ अंकले घटेको छ ।


बजारले पहिले ठूलो रेड क्यान्डल बनाएर तीव्र गिरावट देखाइरहेको थियो, तर हालको डिमाण्ड जोनमा आएपछि घट्ने गति कम भएको छ । डेली चार्टमा हाइयर हाइ र हाइयर लो कायम देखिन्छ, जसले बजारले डिमाण्ड जोनबाट फर्किन सक्ने सम्भावना रहेको संकेत दिएको छ । बजारको स्थायित्व पुष्टि गर्न एक घण्टाको चार्टमा मुभिङ एभरेज च्यानलको ब्रेक आउट देखिनु आवश्यक हुन्छ ।


यदि ब्रेक आउट भयो भने बजारले डिमाण्ड जोनबाट समर्थन पाउँदै फर्केको मान्न सकिन्छ । यो स्तरलाई भविष्यमा बजारको सम्भावित वृद्धि वा घट्ने दिशाको महत्वपूर्ण संकेत मानिएको छ ।


Breaking News

Special News

Videos

Buy/sell signal आएको  कसरी थाहा पाउने ?(भिडियो)

Buy/sell signal आएको कसरी थाहा पाउने ?(भिडियो)

Last week भन्दा ५०% ले बढ्यो Turnover(भिडियो)

Last week भन्दा ५०% ले बढ्यो Turnover(भिडियो)

मौद्रिक नीति समीक्षा पछिको शेयर बजार कता जाला ?(भिडियो)

मौद्रिक नीति समीक्षा पछिको शेयर बजार कता जाला ?(भिडियो)

NEPSE Weekly Analysis | Prazol Bhandari | Nepali Share News |

NEPSE Weekly Analysis | Prazol Bhandari | Nepali Share News |

यी कुराहरू तत्काल नसुधारिए Nepse को अवस्था झनै नाजुक हुन सक्छ ! Prazol Bhandai|Nepali share news

यी कुराहरू तत्काल नसुधारिए Nepse को अवस्था झनै नाजुक हुन सक्छ ! Prazol Bhandai|Nepali share news

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2025 NepaliShareNews

Designed and Developed By

NepalTech